१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ श्रावण ४ आइतबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठोरीमा उखेलेर फ्यालिएको सीमास्तम्भ गाडियो

Read Time : < 1 मिनेट
२०७७ श्रावण ४ आइतबार १४:३२:००

पर्साको ठोरी गाउँपालिका– २ स्थित नेपाल–भारत सीमा छुट्याउन राखिएको सीमास्तम्भ शनिबार दिउँसो उखेलेर फ्यालेको अवस्थामा भेटिएपछि राति नै सोही स्थानमा गाडिएको छ । 

सशस्त्र प्रहरी, नेपाल प्रहरी र ठोरी गाउँपालिकाका जनप्रतिनिधि भएर राति करिब नौ बजे सीमास्तम्भ पुरानै स्थानमा गाडिएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि भएको अभिव्यक्ति दिएपछि एकाएक चर्चामा आएको ठोरीको सीता गुफा रहेको सुमेरु पहाडमा गाडिएको ४३६ नम्बरको सीमास्तम्भ शनिबार अपराह्न उखेलिएको अवस्थामा भेटिएको थियाे । 

सो सीमास्तम्भ गाडिएको स्थानभन्दा ५ मिटर भारततर्फको भूभागमा उखेलेर फालेको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीका निरीक्षक दीपक दाहालले बताए ।