मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण ४ आइतबार १३:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं प्लाजा विवादमा फस्यो नेपाल ट्रस्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण ४ आइतबार १३:३२:००

नेपाल ट्रस्टको सम्पत्ति रहेको काठमाडौं प्लाजा काठमाडौं महानगरपालिकालाई  लिजमा दिने प्रक्रिया सर्वाेच्च र उच्च अदालतले रोकेको छ । 

सो भवन मासिक ६० लाख ५० हजार रुपैयाँमा काठमाडौं महानगरपालिकालाई भाडामा दिन मन्त्रिपरिषद्ले निर्णय गरेकोमा सो निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएको हो । 

कन्सेप्ट डेभलपर्सले २७ वर्षदेखि सो भवन लिजमा लिएर सञ्चालन गर्दै आएकोमा गत २ असारदेखि उसको लिज अवधि सकिएको थियो । 

लिज अवधि सकिएपछि पनि आफूले नै पाउनुपर्ने दाबीसहित उसले ट्रस्टको कार्यालयविरुद्ध सर्वाेच्च अदालतमा रिट दिएकोमा सर्वाेच्चले महानगरपालिकालाई लिजमा दिने प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो । 

त्यस्तै काठमाडौं प्लाजामा व्यवसाय गर्ने व्यवसायीहरूले उच्च अदालत पाटनमा दुईवटा रिट दिएकोमा त्यसमा पनि तत्काल उनीहरूलाई नहटाउन आदेश भएको छ । 

अदालतको आदेशपछि काठमाडौं महानगरपालिकासँग हुन लागेको सम्झौता रोकिएको ट्रस्ट कार्यालया प्रवक्ता बाबुराजा श्रेष्ठले बताए ।   

गत २ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो भवन महानगरपालिकालाई दिने निर्णय गरेकाे थियो ।  

सुरुको पाँच वर्षसम्म मासिक ६० लाख ५० हजार तथा त्यसपछि हरेक वर्ष १० प्रतिशतका दरले भाडा बढाउने गरी  दिने निर्णय भएको हो । 

ट्रस्टको कार्यालयले समयमै भवन खाली गर्ने प्रक्रिया अघि बढाई खुला प्रतिस्पर्धाका आधारमा नयाँ लिज प्रक्रिया अघि नबढाउँदा अहिले विवाद भएको हो । ट्रस्टको कार्यालयले जेठदेखि भाडा पाएको छैन । 

कन्सेप्ट डेभलपर्सले मासिक जम्मा ६ लाख रुपैयाँ तिर्दै आएको छ । जब कि स्वतन्त्र मूल्यांकनकर्ताले भवनबाट मासिक ५९ लाख १८ हजार भाडा आउने प्रतिवेदन दिएको छ । 

निर्णयमा पारदर्शिता नहुँदा ट्रस्टको कार्यालयका लिजहरू विवादमा पर्दै आएका छन् ।