१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सेलिम कोरु
२०७७ श्रावण ४ आइतबार ०८:०७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एर्दोगानले हगिया सोफियालाई किन मस्जिद बनाउन चाहे ?

हगिया सोफिया सदियौँदेखि अटोमन तथा अर्थोडक्स क्रिस्चियन विश्वबीचको सभ्यताबीच प्रतिद्वन्द्विताको कारक रहँदै आएको छ

Read Time : > 2 मिनेट
सेलिम कोरु
२०७७ श्रावण ४ आइतबार ०८:०७:००

हगिया सोफियालाई पुनः एकपटक मस्जिदको दर्जा दिइएको छ । शुक्रबार टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले छैटा शताब्दीमा निर्मित ६५ हजार वर्गफुटको विशाल हगिया सोफियामा मुसलमान प्रार्थना सुचारु गराउन निर्देशन दिने कानुन जारी गरे । सोही दिन टर्कीको एक शीर्ष अदालतले टर्कीका संस्थापक मुस्तफा केमल अतातुर्कको सन् १९३४ को कानुनलाई रद्द गरेको थियो, जसले यसलाई संग्रहालयमा रूपान्तरण गरेको थियो । 

हगिया सोफिया सुरुमा एक गिर्जाघरका रूपमा निर्माण गरिएको थियो, जुन पछि मस्जिदमा बदलियो र त्यसपछि संग्रहालयमा बदलिएको थियो । हगिया सोफिया सदियौँदेखि अटोमन तथा अर्थोडक्स क्रिस्चियन विश्वबीचको सभ्यतास्तरीय प्रतिद्वन्द्विताको कारक रहँदै आएको छ । हगिया सोफियालाई पुनः मस्जिदमा बदल्ने टर्कीका इस्लामवादीको धेरै पुरानो सपना हो । राष्ट्रपति एर्दोगान र उनको जस्टिस एन्ड डेमोक्रेटिक पार्टी इस्लामवादी हुन् । तिनको राजनीतिक परम्परामा अतातुर्कको धर्मनिरपेक्षतावादी गणतान्त्रिक सरकारको अभ्यास टर्कीमाथिको विदेशी हस्तक्षेप थियो । र, हगिया सोफियाको संग्रहालयको हैसियत अतातुर्कको प्रयोगमाथिको लाहाछाप थियो । एक समाचारअनुसार घोषणापछि एर्दोगान यति धेरै उत्साहित भए कि उनी बिहानको पहिलो प्रहरसम्म निदाउन सकेनन् रे !

अतातुर्कले हगिया सोफियालाई किन संग्रहालयमा रूपान्तरण गर्ने निर्णय लिए भन्नेबारे अनेक मिथक छन् । एउटा निश्चित ऐतिहासिक तथ्य अतातुर्कले पूर्वी रोमन साम्राज्यका ज्ञाता थोमस ह्वाइतमोरसँगको भेटपछि उक्त निर्णय लिएका थिए । 

 

नका अनुसार योसँगै अपमानको एक युद्ध अन्त्य भएको छ । सन् १९५० पछि, जब केमलवादीले टर्कीको पहिलो स्वच्छ निर्वाचन गराउँदा उसको राजनीतिक प्रतिद्वन्द्वी संगठित हुन सुरु गरे । अतातुर्कको एक दशकअघि नै मृत्यु भइसकेकाले बिस्तारै उनको स्मृति कम हुँदै थियो । इस्लामवादी र टर्किस राष्ट्रवादीहरूको एक खण्डले हगिया सोफिया पुनः खुलाउन अभियान सुचारु गरे । तिनको विश्वासमा धर्म–निरपेक्षतावादी गणतन्त्रले टर्कीको सार्वभौमसत्तालाई जोगाउनुको साटो यसलाई अत्यन्त गहिरोसँग चोट पु-याएको छ । तिनका अनुसार यसपछि टर्कीको आत्मा पश्चिमी आधुनिकतावादीलाई बेचियो । तिनका लागि हगिया सोफियाको संग्रहालयमा रूपान्तरण यसै अपमानको प्रतीक थियो ।

हगिया सोफियाको गुम्बज निर्माण छैटौँ शताब्दीमा पूर्वी रोमन साम्राज्यका सम्राट् जस्टिनियनले गरेका थिए । सन् १४५३ मा अटोमनले पूर्वरोमन साम्राज्यमाथिको जितको अवसरमा उक्त प्रमुख गिर्जाघरलाई मस्जिदमा रूपान्तरण गरे । तत्कालीन समयमा यो आमअभ्यास थियो । पहिलो विश्वयुद्धमा इस्तानबुल पुनः पश्चिमी शक्तिहरू ब्रिटेन, फ्रान्स, इटली र ग्रिसको कब्जामा गयो । तत्कालीन समयमा पनि मुसलमानहरूले हगिया सोफिया त्यागेनन् । ग्रिकहरूको एक समूहले त्यस भवनमा पसेर गिर्जाघरको घन्टी लगाउन खोज्दा त्यसो गरे पूरा संरचना उडाइदिने धम्की दिएका थिए । टर्किस फौजले पछि विद्रोही अटोमन फिल्ड मार्सल मुस्तफा केमल (पछि अतातुर्क थपिएको)को नेतृत्वमा मित्रशक्तिलाई भगाए ।

अतातुर्कले आफ्नो एकदलीय शासनमा सुल्तान शासन अन्त्य गराए र धर्मनिरपेक्षतावादी गणतन्त्र गठन गरे । उनले आफ्नो शासनकालमा अध्यादेशमार्फत देशलाई पश्चिमीकरणतर्फ सुधार गर्न खोजेका थिए । अतातुर्कले हगिया सोफियालाई किन संग्रहालयमा रूपान्तरण गर्ने निर्णय लिए भन्नेबारे अनेक मिथक छन् । एउटा निश्चित ऐतिहासिक तथ्य अतातुर्कले पूर्वी रोमन साम्राज्यका ज्ञाता थोमस ह्वाइतमोरसँगको भेटपछि उक्त निर्णय लिएका थिए । अतातुर्कले खासमा उनको देशलाई मध्यकालीन मिथक र धार्मिक युद्धको अवधारणाबाट छाडेर अघि बढाउन उक्त निर्णय लिएको देखिन्छ । 
सन् १९६५ मा शक्तिशाली इस्लामवादी कवि नेसिप फजिल किसाकुरेकले हगिया सोफियालाई मस्जिदमा रूपान्तरण गर्न आह्वान गरे । सम्भवतः त्यो समय ११ वर्ष रहेका रिसेप तैयप एर्दोगानले किसाकुरेकको आह्वान सुनेको हुनुपर्छ । एर्दोगान इस्तानबुलको धार्मिक खण्ड मानिने कासिमपासामा जन्मिएकाले पनि त्यहाँको केही प्रभाव रहेको हुनुपर्छ । सन् २००३ देखि सन् २०१४ बीच टर्कीका प्रधानमन्त्री र हाल राष्ट्रपति रहेका एर्दोगानले उनको एकपछि अर्को शक्तिमाथिको नियन्त्रण कमजोर बनाए । उनले देशको राजनीतिक गुरुत्वको केन्द्र आफू पक्षमा लगेका छन् । हगिया सोफिया पुनः धार्मिक स्थलको रूपमा रूपान्तरण गर्न सके त्यसले इस्लामवादी शक्तिलाई बल पु-याउने पहिलेदेखि ठानिन्थ्यो । जुलाई १० मा अदालतको निर्णयपछि सम्बोधन गर्ने क्रममा एर्दोगानले किसाकुरेकको १९६५ कविता स्मरण गरे ।

देशको नाममा सम्बोधन गर्ने क्रममा एर्दोगानले अतातुर्कको नाम एकपटक पनि उल्लेख गरेनन् । बरु उनले मेहमेत द कन्क्वेररको इच्छालाई विस्तारमा उद्धृत गरे । जसले भन्छ, ‘हगिया सोफियाको अवस्थालाई जसले बदल्यो, उसले एकदमै ठूलो अपराध गरेको छ र ऊ प्रोफेट, एन्जल्स, शासक र सबै मुस्लिमबाट सधैँ श्रापित रहनेछ ।’ जसले हगिया सोफियालाई बदलेको थियो, तिनीहरूको कष्ट हल्का नहोस्, हजमा उनीहरूको अनुहार कसैले हेर्नु नपरोस् । उनको यो भनाइप्रति ग्रिक र रसियाका अर्थाेडक्स चर्चका थुप्रै अधिकारीले आपत्ति जनाएका छन् र पोपले गहिरो दुःख व्यक्त गरेका छन् । युरोपेली संघ र अमेरिकाले पनि खेद जनाए । खेद जताउनेमा हगिया सोफिया र यसको प्रतीकलाई खुब आदर गर्ने क्रिस्चियन अतिवादी पनि छन् । जसकारण अधिकांश तुर्कहरूलाई यो निर्णयले खुबै हौस्याएको छ । 

(कोरु अंकारास्थित इकोनोमिक पोलिसी रिसर्च फाउन्डेसनका विज्ञ हुन् ।)
न्युयोर्क टाइम्सबाट