मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३ शनिबार २१:४६:००
Read Time : < 1 मिनेट
समाचार

सलहको दुई ठूला झुण्ड दैलेख पसे, किसान चिन्तित

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३ शनिबार २१:४६:००

दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुई ठूला झुण्ड प्रवेश गरेको छ । सुर्खेतमा शुक्रवार देखिएको सलह शनिवार दैलेखमा देखिएको हो । 

दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयले थाल ठटाएर, आगो बालेर भगाएका छन् । साँझ ५ बजे दैलेख सदरमुकाम हुँदै दुई वटा ठुलो झुण्ड दैलेखको पूर्वी क्षेत्र प्रवेश गरेको छ । साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका किसान चिन्तित बनेका छन् । दैलेखमा सलहको प्रकोप बढ्ने बारेमा कृषि विकास कार्यालय दैलेखले जिल्लाभर स्थानीय संचार माध्याममार्फत सूचना प्रवाह गरेको निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए ।