१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआई वासिङ्टन डिसी
२०७७ श्रावण ३ शनिबार १४:२५:००
Read Time : < 1 मिनेट
प्रविधि डिजिटल संस्करण

फेसबुक म्यासेन्जरमा थपियो स्क्रिन शेयरिङ सुविधा

Read Time : < 1 मिनेट
रासस/एएनआई वासिङ्टन डिसी
२०७७ श्रावण ३ शनिबार १४:२५:००

विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।

मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन शेयर गर्न सकिने नयाँ सुविधा सुरु गरेको हो । 

त्यस्तो सुविधा एन्ड्रोेएड र आइओएस मोवाईलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । 

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ । 

अहिले फेसबुक एप प्रयोगकर्ताहरुले सामुहिक कुराकानी (ग्रुप च्याट)मा आठ जना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ । 

कम्पनीले चाडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्नसक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ । 

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोवाईल वा ट्यावलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नुु पर्नेछ । 

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन,’ ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ ।