१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी मुम्बई
२०७७ श्रावण ३ शनिबार १२:५०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काेराेना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या र उनकी छोरी पनि अस्पताल भर्ना 

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
२०७७ श्रावण ३ शनिबार १२:५०:००

कोरोना संक्रमण पुष्टि भएपछि घरकै आइसोलेसनमा बसेका बलिउड अभिनेत्री ऐश्वर्या राय र उनको छोरी आराध्या शुक्रबार राति अस्पताल भर्ना भएका छन् ।

यसअघि ऐश्वर्याका ससुरा अमिताभ बच्चन र श्रीमान अभिषेक काेराेना संक्रमित भएर अस्पतालमै उपचाररत छन् ।

उनीहरु दुबैलाई  आठ दिनअघि अमिताभ र अभिषेक भर्ना भएकै मुम्बईको नानावटी अस्पतालमा लगिएको हो ।

संक्रमण भए पनि लक्षण नदेखिएकाले घरमै बसेका उनीहरुलाई सामान्य ज्वरो आएपछि अस्पताल लगिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

ऐश्वर्या र आराध्यालाई गएको आइतबार संक्रमित भएको पुष्टि भएको थियो । 

अमिताभको परिवारमा जया बच्चनको भने कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यासमेत घरका चार सदस्यमा कोरोना पोजेटिभ देखिएपछि जयाको दुई पटक परीक्षण गरिएको थियो । 

अमिताभ र अभिषेक बच्चनले कोरोना परीक्षण पोजेटिभ आएपछि ट्वीट गर्दै त्यसको जानकारी सार्वजनिक गरेका थिए ।