मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण ३ शनिबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको पवटीमा बस दुर्घटना, १७ जना घाइते, ५ को अवस्था गम्भिर 

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३ शनिबार १०:४४:००

दोलखाको मेलुङ गाउँपालिका १ पवटीबाट जिल्ला सदरमुकाम चरिकोट आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

पवटीस्थित सिम्टेबाट चरिकोटका लागि छुटेको अरनिको यातायातको बा ५ख ६५९० नम्बरको बस पवटीको चुच्चेढुंगा नजिकै दुर्घटना हुँदा १७ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार हिलाम्मे सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । 

दोलखाका प्रहरी प्रवक्ता रेशम बोहोराले दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको जनाएका छन् । दुर्घटनामा घाइते भएकामध्ये १ जना महिलाको हात चेपिएको  र अन्य ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि सदरमुकाम चरीकोट ल्याईदै गरेको प्रहरी प्रवक्ता बोहोराले जानकारी दिए । सामान्य घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।