मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण ३ शनिबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, दुई घाइते

Read Time : < 1 मिनेट
२०७७ श्रावण ३ शनिबार ०९:४५:००

सुनसरीको सिमाबर्ती क्षेत्र हरीनगर-७ घुस्कीमा शुक्रबार राति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । झडपमा एक सशस्त्र प्रहरी र एक स्थानीय घाइते भएका छन् । चेकजाँचको क्रममा तस्कर समुहले प्रहरीको हतियार खोस्न खोजेपछि झडप भएको प्रहरीको भनाइ छ । 

हरीनगर गाउँपालिका-७ को घुस्कीमा राति भारतबाट आएका तस्कर समुहले ड्युटीमा खटिएका सशस्त्र प्रहरीले बोकेको हतियार खोस्ने क्रममा लोड गरिएको बन्दुक पड्किँदा एक जना स्थानीय घाइते भएको सशस्त्र प्रहरीका डिएसपी मित्रलाल श्रेष्ठले जानकारी दिए ।  

घाइते हुने हरीनगर-७ घुस्कीका २० वर्षीय सुवाद अन्सारी रहेका छन् । उनको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । उनको पेटमा गोली लागेको छ । 

घटनामा सशस्त्र प्रहरी जवान जीवराज विसुन्खे पनि घाइते भएको डिएसपी  श्रेष्ठले बताए । उनको टाउकोमा चोट लागेकोे छ । उनको सशस्त्र प्रहरी क्याम्प पकलीमा उपचार भइरहेको छ । 

बिहीबार राती पनि सिमानाका क्षेत्र देवानगञ्जमा प्रहरी र तस्करबीच झपड भएको थियो । ५ जनाको समुहमा आएका तस्करमध्ये दुई जनालाई प्रहरीले गोली हानेर हतियारसहित नियन्त्रणमा लिएको थियो । उनीहरुको पनि बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।