१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २ शुक्रबार २०:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाको प्रवक्तामा सहायकरथी पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २ शुक्रबार २०:१२:००

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले शुक्रबार कार्यभार सम्हालेका छन् । निवर्तमान प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले पौडेललाई कार्यभार हस्तान्तरण गरेका हुन् ।

पाण्डे उत्तर पश्चिम पृतना सुर्खेतको निमित्त पृतनापतिका रूपमा सरुवा भएका छन् । सेनाको सिग्नल निर्देशनालयबाट सहायकरथी पौडेल प्रवक्ताका रूपमा आएका हुन् । सहायकरथी पाण्डे २९ चैत ०७५ देखि सेनाका प्रवक्ता थिए । 

उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राना सेनाको गुप्तचर महानिर्देशनालयका प्रमुखका रूपमा सरुवा भएका छन् । हालका महानिर्देशक उपरथी झंकरबहादुर कडायतले साउन दोस्रो सातादेखि अवकाश पाउँदै छन् ।