१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २ शुक्रबार १६:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘अधम’ मान्छेले सरकार चलाइरहेको छ : डा. भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २ शुक्रबार १६:५९:००

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू पनि नजान्ने अरूको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् ।  राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा. भट्टराईले संकटको वेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताए । 

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको उल्लेख गर्दै उनले भने, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । मध्यम मान्छेले अर्कोले भनेको मान्छ । ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । मचाहिँ हाम्रा शासकलाई अधमको कोठीमा राख्न चाहन्छु । किनकि यस्तो संकटको वेलामा शासनसत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झैझगडा, सत्ताको भागबन्डामा महिनाै‌ँ बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड  गरिरहेको छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए ।