मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २ शुक्रबार १४:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङको केराबारी गाउँपालिका अध्यक्षमाथि खुकुरी प्रहार 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार १४:०८:००

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि खुकुरी प्रहार भएको छ । केराबारी गाउँपालिका– १० का क्रसर व्यवसायी भवन ठकुरीले शुक्रबार बिहान ११ बजे कार्यालय भवन प्रवेश गर्ने क्रममा सेक्युरिटी गार्डले कम्मरमा भिरेको खुकुरी खोसेर अध्यक्ष कार्कीमाथि  प्रहार गरेका थिए । खुकुरी प्रहारबाट कार्की गम्भीर घाइते भएका छन् ।  

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालका अनुसार खुकुरी प्रहारबाट अध्यक्ष कार्कीको टाउको र पेटमा चोट लागेको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

ठकुरीलाई प्रहरीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । भाले उपनामले चिनिने  ठकुरीले ‘खदम कन्स्ट्रक्सन प्रालि’ नामको कम्पनी खोलेर क्रसर र टिपर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।