Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १७ बुधबार
  • Wednesday, 02 December, 2020
ad
रासस/एएफपी सिड्नी
२०७७ श्रावण २ शुक्रबार १४:००:००
विश्व डिजिटल संस्करण

पपुवान्युगिनीमा ६‍.९ म्याग्निच्युडको भूकम्प

रासस/एएफपी सिड्नी
२०७७ श्रावण २ शुक्रबार १४:००:००

पपुवान्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६ दशमलव ९ म्याग्निच्युडको भूकम्प आएको अधिकारीहरूले जानकारी दिएका छन् । 

अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा भूकम्प आएको जनाएको छ । राजधानीदेखि एक सय ५० किलोमिटर टाढा केन्द्रबिन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरूले जनाएका छन् । 

भूकम्प आएपछि भागाभाग भएको थियो । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो । अधिकारीहरूले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

छुटाउनुभयो की ?