१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २ शुक्रबार १२:१४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

बिपी प्रतिष्ठान धरानमा उपचाररत एक कोराना संक्रमितको निधन

Read Time : < 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार १२:१४:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको निधन भएको छ ।

निधन हुनेमा सप्तरीको राजविराज नगरपालिकाका ७३ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । 

उनको बिहीबार राति निधन भएको अस्पतालले जनाएको छ । 

इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले बिपी प्रतिष्ठानमा उपचा गराइरहेका सप्तरीका एक व्यक्तिको निधन भएको पुष्टि गरे । 

उनको शव व्यवस्पन र अन्त्येष्टिका लागि नेपाली सेनासँग समन्वय भइरहेको पनि जानकारी दिए । 

दुई दिनअघि उनी प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारका लागि आएका थिए । 

उनी मुटु र उच्च रक्तचापका बिमारी दिए । चिकित्सकलाई शंका लागेपछि छुट्टै राखी पिसिआर परीक्षण गर्दा उनमा कारोना पोजेटिभ पाइएको थियो । 

बिहीबार मात्र रिपोर्ट पोजेटिभ आएपछि साँझ ६ बजे उनलाई आइसोलेसनमा लगिएकोमा राति १० बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।