मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ श्रावण २ शुक्रबार ११:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रहरीद्वारा दुई सय ६९ क्युफिट अवैध काठ बरामद

Read Time : < 1 मिनेट
२०७७ श्रावण २ शुक्रबार ११:०१:००

लमजुङ प्रहरीले मध्यनेपाल नगरपालिका– ७ रामबजारमा अवैध रूपमा काठ ल्याउँदै गरेको अवस्थामा काठ र ट्रकलाई बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको छ । कास्कीबाट रामबजारतर्फ आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर चेकजाँच गर्दा दुई सय ६९ क्युफिट आँपका काठ र सात थान गोलिया अवैध रूपमा भेटिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी नायव निरीक्षक दीपक रानाको नेतृत्वमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा अवैध काठ भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी  गंगाबहादुर थापाले बताए । 

चालक कास्की जिल्ला पोखरा महानगरपालिका– १५ बस्ने राजकुमार श्रेष्ठले चलाएको ना.५ख २०६५ नम्बरको ट्रकमा अवैध रूपमा कास्कीबाट लमजुङको मध्यनेपाल नगरपालिका– ७, रामबजारतर्फ ल्याउँदै गरेको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी थापाले बताए ।

डिभिजन वन कार्यालय लमजुङका डिभिजनल वन अधिकृत मोहनराज काफ्लेले अवैध काठ कास्कीको भएकाले आवश्यक कारबाहीका लागि ट्रक र ट्रकका चालकलाई डिभिजनल वन कार्यालय कास्की पठाइएको  बताए । अनियमित अर्थात् अवैध तरिकाले काठ ओसारपसार गरेको देखिएमा वन ऐनअन्तर्गत कारबाही हुने वन कार्यालयले जनाएको छ ।