मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ख्याम भुजेल
२०७५ माघ १६ बुधबार १७:३०:००
Read Time : < 1 मिनेट
समाचार

विष सेवन गर्न नमानेपछि प्रेमिकामाथि निर्घात कुटपिट

Read Time : < 1 मिनेट
ख्याम भुजेल
२०७५ माघ १६ बुधबार १७:३०:००

इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङ्गका एक युवाले प्रेमिकालाई निर्घात कुटपिट गरेका छन् । ३३ वर्षका सागर सुवेदीले स्थानीय २७ वर्षकी युवतीलाई जंगलमा लगेर संगै विष खान प्रस्ताव गरेका थिए । तर युवतीले नमानेपछि उनलाई कुटेर सख्त घाइते बनाएका हुन् ।

‘मरेको भन्ठानेर जंगलमा छाडेर हिडेको देखियो’–जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक टंक प्रसाद भट्टराईले भने–‘युवतीलाई स्थानीयले घाइते अवस्थामा भेटेर प्रहरीलाई खबर गरेका हुन् ।’ युवतीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि झापाको विएण्डसी अस्पताल लगिएको छ ।

युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनसुन्धान थालेको छ । युवकको अर्कै युवतीसंग विवाह पक्का भइसकेकाले प्रेमीकालाई विष सेवन गराउने प्रयास गरेको हुनसक्ने प्रहरीले बताएको छ ।