मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७७ श्रावण २ शुक्रबार ०४:००:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राजु सदाको परिवारलाई प्रदेश सरकारको पाँच लाख राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७७ श्रावण २ शुक्रबार ०४:००:००

समयमा उपचार नपाएर जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका– ७ का राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख रुपैयाँ राहत दिएको छ । बिहीबार मुख्यमन्त्री लालबाबु राउतले राजुको परिवारलाई पाँच लाखको चेक हस्तान्तरण गरेका छन् । 

कोरोनाको आशंका गरेर चिकित्सकहरूले उपचारमा चासो नदेखाउँदा राजुको गत ९ असारमा मृत्यु भएको थियो । तर, उनको स्वाब परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको थियो । आर्थिक अवस्था कमजोर रहेको राजुको परिवारको भरथेगका लागि प्रदेश सरकारले पाँच लाख राहत दिएको मुख्यमन्त्री राउतले बताए । 

राजु सदा

राजुसँगै अन्य दुई युवकको परिवारलाई पनि प्रदेश सरकारले पाँच–पाँच लाख राहत दिएको छ । लकडाउनका समयमा घर फर्किन नपाउँदा जटही नाकामा ज्यान गुमाएका धनुषा सहिदनगर नगरपालिका– ९ का वीरेन्द्र गुरमैता यादव र प्र्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका– १२ का शम्भु सदाका परिवारलाई पनि मुख्यमन्त्री राउतले चेक हस्तान्तरण गरेका छन् । सबै घटनाको छानबिन भइरहेको र दोषीहरूलाई कारबाही गरिने उनले बताए । 

यसैबीच सूर्या नेपाल प्रालिले कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा बिहीबार एक करोड रुपैयाँ सहयोग गरेको छ । सूर्या नेपालका प्रतिनिधि राजु केसी र नवराज बजगाईंले मुख्यमन्त्री राउतलाई चेक हस्तान्तरण गरेका छन् ।