मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार

जंगी अड्डामा सैनिक आचारसंहिता सप्ताह सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार १९:४१:००

नेपाली सेनाले बिहीबारदेखि नेपाली सैनिक आचारसंहिता सप्ताह– ०७७ सुरु गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित जंगी अड्डामा आयोजित कार्यक्रममा सप्ताहको सुरुवात गरेका हुन् । सेनाले गत वर्ष पनि आचारसंहिता सप्ताह मनाएको थियो । 

प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाएर विशिष्ट सैनिक चरित्र निर्माणका लागि आचारसंहिता सप्ताह सञ्चालन गरेको बताए । उनले संगठन सुधारका लागि कार्यरत सबै सकल दर्जामा सैनिक मूल्यमान्यता, अटल देशभक्ति, निस्वार्थ सेवाभाव, अनुशासन र सैनिक आचरण हुनुपर्नेमा पनि जोड दिएका छन् । प्रधानसेनापति थापाले सैनिक आचारसंहिता अवकाशपछि पनि पालना हुनुपर्ने बताए । प्रधानसेनापति थापाले सेनामा हरेक दिन सैनिकले आचारसंहिता पालना गर्नुपर्ने जोड दिएको जंगी अड्डाले जनाएको छ । 

सप्ताहले बहालवाला तथा सेवानिवृत्त सैनिकको हकमा आचारसंहिताबारेमा सुसूचित गर्नेछ । एक सातासम्म सेनाले सैनिक आचारसंहिता, मिडिया नीति, सामाजिक सञ्जालको प्रयोग, मानवीय आचरण, भर्ना छनाेटसम्बन्धी, आर्थिक कारोबार, लैंगिक आचरणलगायतका विषयमा कक्षा सञ्चालन, प्रस्तुतीकरण, छलफल, केसस्टडी, प्रवचन हुनेछन् । 
सेनाले गत वर्ष ६ देखि १३ वैशाखसम्म पहिलोपटक सैनिक आचारसंहिता सप्ताह आयोजना गरेको थियो । त्यसलगत्तै जंगी अड्डाले ‘नेपाली सैनिक आचारसंहिता संग्रह–०७६’ प्रकाशन गरेर मातहतका सबै निकायमा वितरण गरेको थियो ।