मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ श्रावण १ बिहीबार १८:०३:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश १ मा कोरोना : ३३ संक्रमित थपिए, १४ जना डिस्चार्ज

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ श्रावण १ बिहीबार १८:०३:००

प्रदेश १ मा बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमित सात सय ७४ पुगेका छन् । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार   ओखलढुंगाको मानेभन्ज्याङका १५ पुरुष, इलामकाे इलाम नगरपालिकाका ६ पुरुष, सुनसरी इटहरी र कोसी गाउँपालिकाका दुई–दुई पुरुष, झापा भद्रपुरका दुई महिला, मेचीनगरकी एक महिला, कन्काईका एक पुरुष, विराटनगरका दुई महिला र एक  पुरुष र उदयपुर त्रियुगाका एक पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

प्रदेश १ बाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ । बिहीबार यस प्रदेशबाट १४ जना संक्रमित कोरोनामुक्त भई उपचार केन्द्रबाट  डिस्चार्ज भएका छन् । उनीहरू बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत चार महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।