Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार १७:५६:००
समाचार

भारतको मणिपुरबाट २१ नेपाली महिलाको उद्धार

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार १७:५६:००

महिला बालबालिका मन्त्रालय, भारतस्थित नेपाली दूतावास, माइती नेपाल र नेपाल प्रहरीको एन्टी ह्युमन ट्राफिक ब्युरोको साझेदारीमा भारत र म्यान्मारसँग सीमा जोडिएको मणिपुर राज्यबाट उद्धार गरिएका २१ नेपाली महिलालाई नेपाल ल्याइएको छ । मणिपुरमा उद्धार गरेको नौ महिनापछि उनीहरूलाई स्वदेश ल्याइएको हो । ती महिलालाई मानव बेचबिखनसम्बन्धी दलालहरूले गैरकानुनी रूपमा भारतको विभिन्न राज्य हुँदै मणिपुर पराएको र उनीहरूलाई म्यान्मार हुँदै खाडी मुलुकमा घरेलु श्रमिकको रूपमा प्रयोग गर्ने योजना खुल्न आएको प्रहरीको भनाइ छ । 

उद्धार गरिएका महिलालाई ३० असारमा काँकडभिट्टा नाका हुँदै स्वदेश ल्याइएको थियो । उनीहरू हाल माइती नेपालको क्वारेन्टाइनसहितको पुनर्स्थापना केन्द्रमा आश्रित छन् ।