मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १ बिहीबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार

एक लाख घुस रकमसहित इन्जिनियर पक्राउ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १७:३५:००

एक लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले पोखराबाट एक इन्जिनियरलाई पक्राउ गरेको छ । बाग्लुङ ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारीलाई अख्तियारको टोलीले पोखरा महानगरपालिका–५ जिरो किलोमिटरस्थित एक रेष्टुरेन्टमा घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । 
अख्तियार कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार नगरपालिकाको एक विकास आयोजनाको उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गरेको अवस्थामा अधिकारी पक्राउ परेका हुन् । अख्तियार टोलीले बुधबार राति करिब ९ बजे अधिकारीलाई पक्राउ गरेको थियो ।
नगरपालिकास्थित एक सडकको अन्तिम किस्ता भुक्तानीको क्रममा अधिकारीले उपभोक्ता समितिसँग घुस मागेका थिए । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि आयोगकाे पोखरा कार्यालयमा राखी घटनाबारे थप अनुसन्धान सुरु गरेको रिजालले जानकारी दिए ।