मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १ बिहीबार १६:३२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काेराेना मिटर : थप एक सय ६७ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १७ हजार तीन सय ४४ पुग्यो 

मन्त्रालय भन्छ – संक्रमण घट्याे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १ बिहीबार १६:३२:००

पछिल्लो २४ घन्टामा देशभरका २७ वटा प्रयोशालामा गरिएको परीक्षणमा थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या १७ हजार तीन सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

विगत २४ घन्टामा चार हजार नौ सय ८१ जनाको नमुना संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यही अवधिमा दुई सय १३ जना निको भई डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार दुई सय ४९ पुगेको छ । गौतमले निको हुने प्रतिशत ६४.८५ रहेको बताए । 

गौतमका अनुसार हाल संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या ६ हजार ५६ र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार पाँच सय छ ।

संक्रमण घट्यो 
गौतमले देशभर संक्रमणको दर कम भएकोले परीक्षणको दर घटेको बताए ।

पिसिआर टेष्टको बारेमा विभिन्न कोणबाट उठेका विषयमा मन्त्रालय जानकार रहेको उल्लेख गर्दै उनले दैनिक १० हजारभन्दा बढी परीक्षण गर्न सक्षम रहेको दावी गरे ।

‘संक्रमणको दर कम भएकोले परीक्षण कम भएको हो,’ उनले भने, ‘पोजेटिभ केस कम भएपछि कन्ट्याक्ट ट्रेसिङ पनि कम हुन्छ । यसले गर्दा परीक्षण घटेकोजस्तो देखिएको हो ।’

उनले हवाइमार्गबाट स्वदेश प्रवेश गर्ने सबैको पिसिआर परीक्षण गर्न मन्त्रालय तयार रहेको उल्लेख गरे ।

विदेशबाट आउने धेरै घटेको र क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटेको उनले बताए । 

काठमाडौंमा तीन हजार जनाको नमूना संकलन गरी परीक्षण गर्दा तीन जनामा मात्र पोजेटिभ देखिएको उनले जानकारी दिए । 

‘तर, संक्रमण कम भएपनि जोखिम कम छैन्,’ उनले भने ।

अहिले संक्रमण नै कम भएकाले ६/७ हजार हुने परीक्षण ४/५ हजारमा झरेको उनको भनाइ थियो