मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण १ बिहीबार १६:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिरामीको सेवा गर्न डा. केसी कालिकोट पुगे 

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण १ बिहीबार १६:१२:००

हाडजोर्नीका बिरामीलाई निःशुल्क सेवा दिन डा. गोविन्द केसी कालिकोट पुगेका छन् । अछामबाट पैदल हिँडेका उनी बुधबार दैलेखको आठबिस नगरपालिका– ४ मा बसेका थिए । 

आठबिस नगरपालिकाकी उपप्रमुख दीपा बोहराले डा. केसी होटेलमा बस्न खोजे पनि सबै बन्द भएकाले आफ्नो घरमा राखेको बताइन् ।

उनले भनिन्, ‘बजारका होटेल बन्द भएका कारणले घरमा नै उहाँको सत्कार गर्न पाएँ ।’ बिहीबार बिहानै उनी हिँडेर जान लागे पनि बोहराले श्रीमान् र भान्जालाई भनेर मोटरसाइकलमा लगिदिने व्यवस्था मिलाएको जानकारी दिइन् । 

डा. केसी कालिकोट पुगेर होटेलमा बसेका छन् । कालिकोटमा उनी लामो समय बस्ने र त्यहाँ हाडजोर्नीका बिरामीको उपचारमा संग्लन रहने कार्यक्रम छ । 

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले डा. केसी आएकोबारे केही थाहा नभएको बताए । ‘आउने जानकारी पाएको थिएँ,’ उनले भने, ‘हाम्रो आदरणीय डाक्टर आउने भनेर स्वागत गर्न तयारीमा थियौँ । तर, आएको थाहा छैन ।’