Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १ बिहीबार १५:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपाली सेनाका जवानसहित इलाममा ६ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार १५:०४:००

इलाममा एकैदिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सबै इलाम नगरपालिकाका छन् । 

इलाम नगरपालिका–८ का एकजना, इलाम नगरपालिका– १० का तीनजना र इलाम नगरपालिका– ७ का दुईजनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । 

कोरोना पुष्टि हुने सबै ४० वर्षमुनिका पुरुष रहेको उनले बताए । 

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेकाहरूलाई कोरोना पुष्टि भएको हो । 

संक्रमित हुनेहरूमा कुवेत साउदी, कतारबाट आएका एक–एकजना, भारतबाट आएका एकजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । 

पाँचजना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । 

उनीहरूको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । 

कोरोना पुष्टि भएकाहरूलाई मोरङको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । 

इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने दशजना निको भएर फर्किसकेका छन् । 

इलाममा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलोपटक हो ।