मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण १ बिहीबार १४:४५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा एकैदिन साढे ३२ हजारमा कोरोना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण १ बिहीबार १४:४५:००

भारतमा एकैदिन ३२ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय अधिकारीका अनुसार यो संख्या एकैदिन कोरोना पुष्टि भएको अहिलेसम्मको सबैभन्दा बढी हो । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाए अनुसार पछिल्लो थपसमेत भारतमा कुल संक्रमितको संख्या नौ लाख ६८ हजार आठ सय ७६ पुगेको छ । 

संक्रमितमध्ये ६ लाख १२ हजार आठ सय १५ जना निको भइसकेका छन् । हाल संक्रमित भएर उपचाररतको संख्या भने तीन लाख ३१ हजार एक सय ४६ मात्र छ । 

त्यसैगरी भारतमा हालसम्म कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार नौ सय १५ पुगेको छ ।