मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७७ श्रावण १ बिहीबार १३:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गर्न सरकारले पहल गर्छ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ श्रावण १ बिहीबार १३:४५:००

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि सहयोग गरिने बताएका छन् । 

कोभिड– १९ का कारण यातायात सञ्चालनमा देखिएका समस्याबारे यातायात व्यवसायी र मजदुर संगठनका नेताले बिहीबार बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएपछि ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले सामर्थ्यअनुसार सहयोग गर्न अग्रसर रहने बताए । 
    
‘कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित भयो । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न के–कस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।’
        
सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गरेका थिए ।

प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा संगठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका रामचन्द्र कार्की र नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी सहभागी थिए ।