Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ श्रावण १ बिहीबार १२:१४:००
समाचार डिजिटल संस्करण

पहिरोमा एकैघरमा पाँचजना पुरिए

रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ श्रावण १ बिहीबार १२:१४:००

भारी वर्षासँगै बुधबार राति गएको पहिरोले एकै परिवारका पाँचजनालाई पुरेको छ । भोटेकोसी गाउँपालिका–४ फुल्पिङ गाउँमा घरमाथिबाट आएको पहिरोले ६५ वर्षीया गेन्जेन शेर्पासहित परिवारका पाँचजनालाई पुरेको हो ।  

६५ वर्षीया गेन्जेनको एक बुहारी र तीन छोरीलाई पहिरोले पुरेको हो । राति पहिरो गएको र राति नै गाउँका मानिसले निकाल्ने प्रयास गरे पनि सम्भव नभएको नेकपा भोटेकोसीका अध्यक्ष आङछिरी शेर्पाले बताए ।

पहिरोले दुई घर पुरेको छ । तर, अर्को घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भएन । भोटेकोसी गाउँपालिकामा रहेको प्रहरी घटनास्थलतर्फ जाँदै छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । साताअघि गएको बाढीपहिरोमा परेर जुम्बु र बुलकोटे गाउँमा तीनको मृत्यु भएको थियो । बेपत्ता २० को खोजीकार्य जारी छ । 
गेन्जेनका तीनवटै छोरा कामको सिलसिलमा तराईमा छन् ।