१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा विवाद : बालुवाटारमा त्रिपक्षीय छलफल सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार ११:५७:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको आन्तरिक द्वन्द्व समाधानका लागि यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मात्र छलफल चलिरहेकोमा बिहीबारदेखि अर्का वरिष्ठ नेता माधव नेपाल पनि सामेल भएका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु भएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा तीन नेताहरूबीच छलफल सुरु भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

बुधबारको बैठकमा अध्यक्ष दाहालले नेता नेपालसहित छलफलमा जुट्न आग्रह गरेपछि बालुवाटारबाट नेता नेपाललाई छलफलका लागि खबर गरिएको स्रोतले जनाएको छ । 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा मागेपछि नेकपाभित्रको अन्तर्द्वन्द्व ह्वात्तै बढेर गएको हो । 

ओलीविरुद्ध अर्का अध्यक्ष दाहालसहित नेता नेपाल, अर्का नेता झलनाथ खनालसहितको टोली सक्रिय भएपछि नेकपाको स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुन पुगेको छ । 

समस्या समाधानका लागि दुई अध्यक्षबीच पटकपटक छलफल भए पनि निकास निस्कन सकेको छैन ।