Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गण्डकी प्रदेश कोरोना कोषमा सूर्य नेपालको १ करोड सहयोग

Read Time : < 1 मिनेट
२०७७ श्रावण १ बिहीबार ०७:१०:००

गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले पोखरामा आयोजित कार्यक्रममा सहयोग रकमबराबरको चेक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकमको चेक बुझेसँगै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कोरोना रोकथामका लागि निजी क्षेत्रबाट पाएको सहयोगमध्ये यो सबैभन्दा धेरै रहेको बताए । उनले निजी क्षेत्रबाट पाएको सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए ।

यस विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व वहन गर्दै प्रदेश सरकारसँगै अन्य संघसंस्थालाई सहयोग गरेको भन्दै सूर्य नेपाललाई उनले धन्यवादसमेत दिए । प्रदेश सरकारले स्थापना गरेको कोषमा हालसम्म ३३ करोड जम्मा भएको र १८ करोड ५० लाख खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए ।