१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०७:२६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गायक भारतीको ‘बेसारे माया’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १ बिहीबार ०७:२६:००

गायक अमृत भारतीले लोकगीति एल्बम ‘बेसारे माया’ सार्वजनिक गरेका छन् । उनका अनुसार तिजलाई लक्षित गरिएको गीत भए पनि अन्य समयमा समेत सुन्न मिल्ने गरी तयार पारिएको छ ।

पश्चिमी भेगको लोकभाकामा आधारित गीतमा लय तथा शब्द संकलन भारतीकै छ । संगीत संयोजन कृष्ण भान्जाले गरेका छन् । भारती र रमुना कार्कीको स्वर छ । भारतीले यसअघि गजलसंग्रह ल्याएका थिए । उनको पहिलो गीत हो, ‘कन्या राशि’ ।

‘नयाँ गीतलाई पनि दर्शक–श्रोताले माया दिने आशा छ,’ उनी भन्छन्, ‘लकडाउनको समयमा यो गीत तयार पारेका हौँ ।’ म्युजिक भिडियो निर्देशन लिगेश भट्टराईले गरेका छन् भने सञ्जीव ठकुरी र रमुना कार्कीको मोडलिङ छ ।