मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भुवन रोकाया
सागर चन्द काठमाडाैं
२०७७ श्रावण १ बिहीबार ०६:१९:००
Read Time : > 1 मिनेट
नयाँCity प्रिन्ट संस्करण

जसले स्वास्थ्यकर्मीका लागि होस्टेल चलाए

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
२०७७ श्रावण १ बिहीबार ०६:१९:००

भुवन रोकाया (२२ वर्ष) ‘पेइङ गेस्ट’ राख्न मिल्ने ‘होस्टेल’ चलाउने योजनामा थिए । फागुन ०७६ मा उनले ललितपुर थसिखेलमा घर भाडामा लिए । तर, ११ चैतमा कोरोना प्रसार रोक्न सरकारले देशव्यापी लकडाउन ग

स्वास्थ्यकर्मीहरू बस्दै आएको ललितपुर थसिखेलस्थित होस्टेल । तस्बिर : संजित परियार/नयाँ पत्रिका 

यो । मानिसको घुमफिर बन्द भयो, पाहुना आउने कुरै भएन । स्वास्थ्यकर्मी पनि संक्रमित बन्न थाले । र, उनीहरूलाई भाडामा बसिरहेको घरमा घरबेटीले प्रवेश नदिन थाले । त्यसबाट रोकायामा नयाँ सोच पलायो । नौकोठे घरमा स्वास्थ्यकर्मीलाई राख्ने योजना बनाए ।

होस्टेलमा लगानी गरेका नीराजन थापासँग सल्लाह गरे । थापा पनि सहमत भए । ‘होस्टेल स्वास्थ्यकर्मीका लागि डेडिकेटेड गर्ने योजना बनायौँ,’ रोकाया भन्छन्, ‘अनि उपत्यकाभरिका अस्पतालमा विज्ञापन ग-यौँ ।’ विज्ञापन देख्नासाथ ‘कोठामा बस्न गाह्रो भयो, होस्टेलमा बस्छौँ’ भन्दै स्वास्थ्यकर्मीहरूको फोन आउन थाल्यो ।

‘महामारीमा हामीलाई जोगाउने स्वास्थ्यकर्मीलाई लखेटेर हामीले क्रूर व्यवहार देखायौँ,’ रोकाया भन्छन्, ‘स्वास्थ्यकर्मी जोगिएपछि मात्र उनीहरूले हामीलाई बचाउन सक्छन् भन्ने सामान्य कुरा पनि किन बुझ्न नसकेका होलान् ?’

उनीहरूले आफू र होस्टेलका कर्मचारीलाई संक्रमणबाट सुरक्षित राख्ने योजना बनाए । अहिले रोकायाको दैनिकी स्वास्थ्यकर्मीको व्यवस्थापनमा बित्छ । अहिले होस्टेलमा तीनजना चिकित्सक, तीनजना नर्स र दुईजना विद्युत् प्राधिकरणका कर्मचारी बसिरहेका छन् । थप करिब २० जना स्वास्थ्यकर्मी बस्न इच्छुक देखिएका छन् । उनीहरूका लागि नजिकै अर्को घर पनि भाडामा लिने तयारीमा छन् । ‘स्वास्थ्यकर्मी साँच्चै मर्कामा परेका रहेछन्,’ उनी भन्छन् ।

स्वास्थ्यकर्मीका लागि होस्टेलमा साँझ–बिहानको खाना, खाजा, इन्टरनेटलगायत सुविधा उपलब्ध छन् । रोकाया, थापा र एकजना किचेन स्टाफ गरी तीनजना होस्टेलमा बसेका स्वास्थ्यकर्मीको सेवामा निरन्तर खट्छन् ।

बझाङको खप्तड छान्न गाउँपालिकाबाट पाँच वर्षअघि काठमाडौं आएका हुन्, रोकाया । संकटको समयमा धेरै मानिस गाउँ फर्र्किए । उनी भने स्वास्थ्यकर्मीको सुरक्षामा जुटे । ‘यस्तो समयमा डराएर समस्या समाधान हुँदैन,’ उनी भन्छन्, ‘सावधानीपूर्वक समस्यासँग लड्नु पो पर्छ त ।’

उनीहरूको होस्टेलमा अहिले घरबेटीले बारम्बार पिसिआर रिपोर्ट मागेर हैरान बनाएका र कोठामा बस्न नदिएका तथा छिमेकी र टोलवासीले संक्रमण फैलाउँछ भन्दै समस्यामा पारेका स्वास्थ्यकर्मी बसिरहेका छन् ।

‘महामारीमा हामीलाई जोगाउने स्वास्थ्यकर्मीलाई लखेटेर हामीले क्रूर व्यवहार देखायौँ,’ रोकाया भन्छन्, ‘स्वास्थ्यकर्मी जोगिएपछि मात्र उनीहरूले हामीलाई बचाउन सक्छन् भन्ने सामान्य कुरा पनि किन बुझ्न नसकेका होलान् ?’ सुरक्षित बसोवास नपाएर दुव्र्यवहार भोगेका स्वास्थ्यकर्मीको मनोबल होस्टेलमा उच्च देख्दा आफ्नो योजना सफल बनेको ठानेका छन्, रोकायाले ।