१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार २१:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई डिआइजी एआइजी बढुवामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार २१:००:००

नेपाल प्रहरीका दुई डिआइजी एआइजी बढुवामा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले निरजबहादुर शाही र प्रद्युन्न कार्कीलाई एआइजी बढुवामा सिफारिस गरेको हो ।

गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम सिफारिस गरेको हो । केही जुनियर डिआइजीहरूसमेत बढुवाको दौडधुपमा भएपछि अन्ततः सिनियर डिआइजीहरू नै बढुवा सिफारिस भएका छन् । 

उनीहरू दुवैजना प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँगै भर्ना भएका थिए ।