१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १८:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षण अस्पताललाई पाकिस्तानको एम्बुलेन्स उपहार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १८:४८:००

पाकिस्तानले त्रिवि शिक्षण अस्पताललाई बुधवार दुईवटा आधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ । पाकिस्तानी राजदूत डा. मजहर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहितकुमार पोखरेललाई हस्तान्तरण गरेका हुन् । 

कार्यकारी निर्देशक पोखरेलले पाकिस्तान सरकारलाई सहयोगका लागि  आभार व्यक्त गरेका छन् । यसबाट काठमाडौं र वरिपरिका बिरामीलाई एन्बुलेन्स सेवामा थप सहजीकरण भएको उनको भनाइ थियो । यो सहयोग दुई देशका जनताको सुमधुर सम्बन्धको प्रतीक रहेको पनि पोखरेलको भनाइ थियो ।

पाकिस्तानले विगतमा पनि अस्पताललाई एम्बुलेन्स सहयोग गरेको थियो । पाकिस्तानी राजदूत जाभेदले पाकिस्तान र नेपालका मेडिकल संस्थानहरूको क्षमता उपयोग हुन बाँकी रहेको र आपसमा सहकार्य हुनुपर्ने बताए । उनले दुई देशबीच सुमधुर सम्बन्ध रहँदै आएको र थप सुदृढ हुनुपर्नेमा जोड दिए ।