१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार ३१ बुधबार १८:०९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सागका पदकविजेता ८८ खेलाडी प्रदेश सरकारद्वारा सम्मानित 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार ३१ बुधबार १८:०९:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पदक जित्ने  ८८ जना खेलाडीलाई प्रदेश १ सरकारले नगदसहित सम्मान गरेको छ । पूर्वप्रतिबद्धताअनुसार प्रदेश सरकारले बुधबार मन्त्रिपरिषद् कार्यालयमा पदकविजेता खेलाडीहरूलाई सम्मान गरेको हो । 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया राईले संयुक्त रूपमा सागमा एकल र टिमतर्फ स्वर्ण पदक विजेतालाई एक लाखदेखि ७५ हजार पाँच सयसम्म, एकल र टिमतर्फ रजत विजेतालाई एक लाखदेखि ६० हजारसम्म र एकल र टिमतर्फ कांस्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँ र प्रमाणपत्र दिएका थिए । 

सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काका अनुसार १० खेलाडीले पदकअनुसार दोहोरो नगद पाएका छन् । नगदसहित सम्मान पाउने खेलाडीहरूमा एकलतर्फ स्वर्ण पदकविजेता ६ जना, एकलतर्फ रजत पदकविजेता चारजना र एकलतर्फ कांस्य पदकविजेता १० जना खेलाडी, टिमतर्फ स्वर्ण पदकविजेता १५ जना, टिमतर्फ रजत पदकविजेता २२ जना र टिमतर्फ कांस्य पदकविजेता ४१ जना छन् ।