मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १७:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महालेखाले राष्ट्रपतिलाई बुझायो ५७औँ वार्षिक प्रतिवेदन : मुलुकको बेरुजु ६ खर्ब ६४ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १७:१५:००

महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । बुधबार राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रमबीच महालेखापरीक्षक टंकमणि शर्मा दंगालले कार्यालयले तयार गरेको ५७औँ वार्षिक प्रतिवेदन, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् । 

लेखापरीक्षण प्रतिवेदनअनुसार आव ०७५/७६ सम्ममा मुलुकको कुल बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड पुगेको छ । संघ, प्रदेश र स्थानीय तह तथा संगठित संस्था, समिति र अन्य संस्था, जिल्ला समन्वय समितिलगायतको गरी कार्यालयले ६१ खर्ब २२ अर्ब ४९ करोडको लेखापरीक्षण गरेको थियो । 

अघिल्लो आवमा ६ खर्ब ८३ अर्ब ६६ करोड पुगेकाेमा यस वर्ष कुल बेरुजु २.८१ प्रतिशतले घटेको छ । विगतको बेरुजु फर्स्याेटमा देखाइएको तदारुकता, राजस्व बक्यौता समायोजन एवं असुली, शाेधभर्नाको प्राप्तिमा भएको सुधारलगायतका कारण गत वर्षको तुलनामा बेरुजु घटेको कार्यालयले जनाएको छ । 

लामो लकडाउनबीच करिब ३ महिना ढिलो गरी कार्यालयले अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार  गरेको हो । प्रत्येक चैतमा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन बुझाउने परम्परा रहे पनि कोरोना संक्रमणबीच लामो  लकडाउनका कारण उक्त कार्यतालिका प्रभावित भएको हो ।

संघीय सरकारी निकाय (३,११०) र ७७ जिल्ला समन्वय समिति 
लेखापरीक्षण अंक – १७ खर्ब ५६ अर्ब ४ करोड 
बेरुजु – ७१ अर्ब ६ करोड
प्रदेश (९९८) कार्यालय 
लेखापरीक्षण अंक – एक खर्ब ८९ अर्ब २५ करोड
बेरुजु – आठ अर्ब २० करोड
स्थानीय तह (७४७) 
लेखापरीक्षण अंक – सात खर्ब ४० अर्ब  ६५ करोड
बेरुजु – ३८ अर्ब १३ करोड