मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १६:४१:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोनाबाट रौतहटका एक पुरुषको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १६:४१:००

कोरोना संक्रमित ३६ वर्षीय एक पुरुषको उपचारकै क्रममा बुधबार निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहट घर भएका उनको दिउँसो साढे २ बजे निधन भएको हाे ।

उनी कोभिड– १९ बाट मृत्यु भएका दाजुको अन्तिम संस्कारका लागि भारतको बेंग्लोर गएर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

भारतबाट २४ असारमा नेपाल फर्केका उनी रौतहटको क्वारेन्टाइनमा बसेका थिए । 

उनलाई २९ असारमा रुघाखोकी र श्वास–प्रश्वासको समस्या देखिएपछि सोेही दिन नारायणी अस्पताल वीरगन्जमा भर्ना गरी आइसियूमा राखेर उपचार गरिएकाे थियो ।

गौतमका अनुसार उनको नमुना परीक्षण गर्दा ३१ असारमा कोरोना पोजेटिभ देखिएको थियो । 

स्वास्थ्यमा थप समस्या आएपछि बुधबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको गौतमले बताए ।