मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ३१ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गर्दै प्रदेश १ सरकार 

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार १६:२८:००

प्रदेश १ सरकारले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइमा मात्र देखिएपछि सरकारले कोरोना समुदायस्तरमा परीक्षण गर्ने तयारी गरेको हो ।

प्रदेश सरकारले नमुनाका रूपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । ‘क्वारेन्टाइनमा मात्र हाेइन समुदायमा पनि नमुनाका रूपमा परीक्षण गर्न आवश्यक देखियो,’ उनले भने, ‘कोरोना उपचार केन्द्र र क्वारेन्टाइनबाट डिस्चार्ज भएकाहरूको परिवार र आसपासका स्थानहरूको छनाेट गरेर नमुनाका रूपमा परीक्षण गर्ने तयारी थालेका छौँ ।’
 

उनका अनुसार पहिलो चरणमा कोरोना संक्रमणको नियन्त्रण तथा उपचारका लागि अग्रभागमा रहेर काम गरिरहेका तीनवटै सुरक्षा निकायका एक हजार पाँच सयको परीक्षण गरिएको छ । 

सुरक्षाकर्मीको परीक्षणमा कसैलाई पनि संक्रमण देखीएको छैन । सुरक्षाकर्मीपछि स्वास्थ्यकर्मीको परीक्षणको तयारी सुरु गरिएको मन्त्री घिमिरेले बताए ।