मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार १६:११:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : डिस्चार्ज ६ सय ९७ जना, थप संक्रमित एक सय १६ मात्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार १६:११:००

पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोशालामा गरिएको परीक्षणमा थप एक सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपसमेत हाल नेपालमा कुल संक्रमितको संख्या १७ हजार एक सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । 

पाँच हजार ९० जनको नमूना पिसिआर विधिबाट परीक्षण गरिएको बुधबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

यो अवधिमा ६ सय ९७ जना निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म ११ हजार २५ जना निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ ।

गौतमका अनुसार निको हुने प्रतिशत ६४ दशमलव २ पुगेको छ ।

हाल आइसोलेसनमा बस्ने सक्रिय संक्रमित ६ हजार एक सय १३ जना र क्वारेन्टाइनमा २४ हजार पाँच सय २७ जना रहेको गौतमले बताए ।