Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ३१ बुधबार १६:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुस्मिता हत्या प्रकरण : अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

Read Time : > 1 मिनेट
२०७७ असार ३१ बुधबार १६:१७:००

हेटौँडा– ४ स्थित कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा पक्राउ परेकालाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । 

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले बुधबारको थुनछेकमा हत्यामा संलग्न रहेका अभियुक्तहरू एकाघरका ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्द सीता थापा र जेठी नन्द दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

२ असारमा आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासू, नन्द, जेठी नन्द र ज्वाइँको संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । हत्यामा संलग्न रहेका ज्वाइँ अरुण कार्की फरार छन् । अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको श्रेस्तेदार भट्टराईले बताए ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार, सासू तुलसा, नन्दद्वय सीता र दुर्गालाई चितवनस्थित कारागारमा राखिने अदालतले जनाएको छ । प्रहरीले अभियुक्तहरूलाई १४ असारमा पक्राउ गरी सार्वजनिक गरेको थियो । 

२३ असोज २०७६ मा कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएको थियो । छोराको मृत्युपछि आर्थिक लेनदेनबारे पटकपटक विवाद भइरहेको, मानसिक यातनासमेत दिँदै आएको र हत्या गरेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी सुरेशसिंह राठौरले बताए । 

सुस्मिताको टाउकोमा लौरो र लोहोरोले हानेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । दोषीलाई जन्मकैदको माग गर्दै हेटौँडामा महिला अधिकारकर्मीहरू र स्थानीयले आन्दोलनसमेत गरिरहेका छन् ।

अदालतमा अभियोगपत्र दर्ता
सुस्मिताको हत्यामा संलग्नलाई आजीवन कैद सजायको माग दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालय मकवानपुरले अभियोगपत्र दर्ता गरेको छ ।  हत्या अभियुक्तहरू ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको थियो ।