मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ असार ३१ बुधबार १४:३३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा काेराेना संक्रमित नौ लाख ३६ हजार, झन्डै ६ लाख निको भए  

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ असार ३१ बुधबार १४:३३:००

भारतमा एकैदिन २९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा २९ हजार चार सय २९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या नौ लाख ३६ हजार एक सय ८१ पुगेको छ । 

त्यसमध्ये पाँच लाख ९२ हजार ३२ जना निको भइसकेका छन् । हाल भारतमा संक्रमित अवस्थामै रहनेको संख्या भने तीन लाख १९ हजार आठ सय ४० मात्र छ । 

भारतमा अहिलेसम्म कोरोनाका काराण २४ हजार तीन सय नौजनाको मृत्यु भएको छ ।