मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ३१ बुधबार १३:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव नेतृत्व नेकपाकाे सेती–महाकाली इन्चार्जसहित दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार १३:५६:००

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेका केन्द्रीय सदस्य तथा सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । एक थान कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले  जनाएको छ ।

पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महाकाली ब्युरो इन्चार्ज  पूर्णिमा भन्ने गौरा धामीलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रहरीका अनुसार दुवैजनालाई धनगढी उपमहानगरपालिका– ७ बेलीबाट पक्राउ गरिएको हो ।