१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार ३१ बुधबार १३:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा कुपोषण दर घट्यो

Read Time : < 1 मिनेट
२०७७ असार ३१ बुधबार १३:४६:००

जुम्लामा कुपोषण दर घट्दो क्रममा देखिएको छ । 

स्वास्थ्य कार्यालय जुम्लाको पाँच वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा कुपोषण दर घट्दो क्रममा देखिएको हो । 

०७२ सालमा एक वर्षमुनिका बालबालिका १०.६ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १५.४ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२.७ प्रतिशत कुपोषित रहेका थिए ।

त्यसैगरी ०७३ सालमा एक वर्षमुनिका बालबालिका १२.६ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२.४ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका १२.६ प्रतिशत कुपोषित रहेका थिए ।

०७४ सालमा एक वर्ष मुनिका बालबालिका १०.९ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १२.७ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११.९ प्रतिशत कुपोषित रहेका थिए ।

०७५ सालमा एक वर्ष मुनिका बालबालिका ७.२ प्रतिशत, एक वर्षदेखि दुई वर्षमुनिका १०.८ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ९ प्रतिशत कुपोषित रहेका थिए ।

०७६ सालमा एक वर्ष मुनिका बालबालिका ३.७ प्रतिशत, एक वर्षदेखि दुई वर्ष मुनिका ७.८ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ५.७ प्रतिशत कुपोषित रहेका छन् ।

०७२ सालमा ६५ जना, ०७३ सालमा १ सय ४८ जना, ०७४ सालमा २ सय ९२ जना, ०७५ सालमा १ सय ११ जना र ०७६ सालमा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार रहेको तथ्यांक रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । 

उनले भने, “यस वर्षको तथ्यांक आउन बाँकी रहेको छ ।” 

यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरेको छ ।