मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३१ बुधबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ योजना, ८ पैसा प्रतिमिनेट शुल्क लाग्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३१ बुधबार ०६:१०:००

एनसेलले प्रिपेड ग्राहकका लागि एनसेल नेटवर्कभित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्ने योजना ल्याएको छ । कम्पनीले नयाँ थिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको हो । 

योजनाअन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकताअनुसार सुचारु गर्न सक्ने जनाइएको छ । ग्राहकले ७ दिन समयसीमा रहेको ७ सय मिनेट टक टाइम करसहित ९६ रुपैयाँमा लिन सक्ने जनाएको छ । यो प्याकमा ग्राहकले ७ दिनसम्म प्रतिदिन १ सय मिनेट टक टाइम प्राप्त गर्नेछन् ।

त्यस्तै, १५ दिनको प्याकमा ग्राहकले करसहित १ सय ९२ रुपैयाँमा १८ सय ७५ मिनेट टक टाइम पाउने कम्पनीले जनाएको छ । १५ दिनसम्म प्रत्येक दिन १ सय २५ मिनेटको टक टाइम उपलब्ध हुने जनाइएको छ ।

साथै, भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको भ्वाइस प्याक रहेको छ । यस प्याकअन्तर्गत ग्राहकले करसहित ३ सय ८२ रुपैयाँमा ४५ सय मिनेट टक टाइम लिन सक्ने कम्पनीले जनाएको छ । यसमा ग्राहकले हरेक दिन १ सय ५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्छन् । यो प्याक सुचारु गर्ने ग्राहकले ८ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । 

नयाँ थिम ‘प्लस’अन्तर्गत नै एनसेलले फोरजी ग्राहकका लागि ‘ननस्टप युट्युब प्लस’ अफर ल्याइसकेको र ‘वायरफ्री प्लस वाइफाई’ सेवाको बुकिङ सुरु गरिसकेको जनाएको छ ।