Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ३० मंगलबार २२:०७:००
Read Time : < 1 मिनेट
प्रदेश

लमजुङमा डेंगुका बिरामी भेटिए

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार २२:०७:००

बेसीसहरमा बस्दै आएका क्व्होलासोंथर गाउँपालिका–२ की २९ वर्षीया महिलामा डेंगु संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ज्वरो आएर स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी महिलाको रगत परीक्षण गर्दा डेंगु संक्रमण भेटिएको हो ।

उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । उनी चार दिनअघि अस्पताल पुगेकी थिइन् । डेंगुको शंका लागेर परीक्षण गर्दा मंगलबार उनमा संक्रमण पुष्टि भएको हो । गत वर्ष लमजुङमा चारजनामा डेंगुको देखिएको थियो । यस वर्ष भने पहिलोपटक डेंगुका बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । डेंगु एक बिरामीबाट अर्कोमा सजिलै फैलिने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यो ‘एडिस एजिप्टाई’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने, आँखाका गेडी दुख्ने, बान्ता हुने, मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिबिरा आउने स्वास्थ्यकर्मीहरू बताउँछन् ।