Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार ३० मंगलबार १९:३०:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन गर्न थाल्यो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार ३० मंगलबार १९:३०:००

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादन गर्न थालेको छ । भीमदत्त नगरपालिकाले कच्चापदार्थ उपलब्ध गराएपछि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले हेन्ड स्यानिटाइजर उत्पादन सुरु गरेको हो । 

विज्ञान तथा प्रविधि संकाय रसायनशास्त्रका प्रा.डा. भवानी चन्द (ठकुरी) नेतृत्वको टिमले स्यानिटाइजर उत्पादन गरी नगरपालिकालाई हस्तान्तरण पनि गरेको छ । विश्वविद्यालयका प्रशासन अधिकृत सन्तोष विष्टले कोडिभ–१९ का कारण बन्द रहेको विश्वविद्यालयको केन्द्रीय क्याम्पस विज्ञान ल्याबलाई स्यानिटाइजर उत्पादनमा सदुपयोग गरिएको बताए । ‘स्थानीय भीमदत्त नगरपालिकाको अनुरोधबमोजिम विश्वविद्यालयले तीन सय लिटर स्यानिटाइजर उत्पादन गरिसकेको छ,’ उनले भने, ‘विश्वविद्यालयले बिक्रीका लागि होइन स्थानीय तहबाट अनुरोध भएबमोजिम उत्पादन गरेको हो ।’ 

स्यानिटाइजर हस्तान्तरणका क्रममा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नयाँनयाँ तथ्य, प्रमाण र ज्ञानको खोज अनुसन्धानमा सरिक हुनुपर्नेमा जोड दिए । यस्ता कार्यमा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।