मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुरुङ फुटेर आएको पानीमा बगेको सावरी सधान ।
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असार ३० मंगलबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्यो, दुईजना बेपत्ता

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असार ३० मंगलबार १८:११:००

परीक्षणका लागि पानी हालेको एक साता नबित्दै मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुटेको छ । सुरुङको गेट नम्बर १७ फुटेर पानी बाहिरिँदा गेट आसपास काम गरिरहेका एक इन्जिनियर र सवारीचालकलाई बगाएर बेपत्ता बनाएको छ । 

वीरगन्ज घर भएका इन्जिनियर सतिश गोइत र खानेपानी आयोजनाको बा.१झ ८७६४ नम्बरको गाडीचालक राधाकृष्ण थापालाई सुरुङ फुटेर फर्केको पानीले बगाएको हो । सुरुङबाट फर्केको पानीले आयोजनाको मुख्य साइटमा काम गर्ने अर्को इन्जिनियर शेखर खनाल र पेम्बा लामालाई घाइते बनाएको छ । उनीहरूको अवस्था गम्भीर रहेको र उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

खानेपानी आयोजनाको मुहान क्षेत्रबाट एक साताअघि पानी हालेर परीक्षण गरिएको हो । एक सातामा पानीको बहाब ग्याल्थुमसम्म (नौ किलोमिटर) भरिएको थियो । पानीको दबाब थेग्न नसकेपछि मुहान क्षेत्रभन्दा एक किलोमिटर पर रहेको गेट फुटेको स्थानीयको भनाइ छ । ‘सुन्दरीजल क्षेत्रसम्म पानी भरिएको भए ठूलो दुर्घटना हुन्थ्यो । त्योचाहिँ रोकिएको छ,’ अध्यक्ष शेर्पाले भने, ‘सुरुङ नै कमजोर भएकाले १७ नम्बर गेट आसपास ५० मिटर जति फुटेको छ । सुरुङबाट फर्केको पानीले पुऱ्याएको थप क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ ।