Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असार ३० मंगलबार १८:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चियापसल सञ्चालक नै लागुऔषध कारोबारमा, दुई महिला पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असार ३० मंगलबार १८:००:००

लागुऔषध कारोबारको आरोपमा प्रहरीले विराटनगरका दुईजना चियापसलेलाई पक्रेको छ । विराटनगर महानगरपालिका– १५ रामजानकी चोकमा रहेको चिया पसलेहरूबाट लागुऔषध बरामद भएपछि मनोकामना झा र सहेदा खातुनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मनोकामनाको चिया पसलबाट विभिन्न नामका तीन बोतल र ३० थान लागुऔषध बरामद गरेको थियो भने सहेदाको चिया पसलबाट पाँच बोतल लागुऔषधसहित एक दर्जन खाली बोतल बरामद गरेको प्रहरीको भनाइ छ । दुवै चिया पसलेले लकडाउनको समयमा लागुऔषधको कारोबार गर्ने गरेको प्रहरीको दाबी छ ।  

लागुऔषध बरामद भएसँगै दुवै चिया पसलका सञ्चालकसँगै विराटनगर–१७ का  ३४ वर्षीय प्रदीप राईलाई पनि पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।