मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असार ३० मंगलबार १७:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चौरजहारी घटनाको कारण जातीय भेदभाव र छुवाछुत : संसदीय छानबिन समिति  

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १७:१६:००

रुकुम पश्चिमको चौरजहारीमा ६ जना मारिएको घटना छानबिन गर्न गठित संसदीय समितिले मंगलबार अपराह्न सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

देवेन्द्र पौडेलको संयाेजकत्वमा गठन भएको समितिले उक्त घटना हुनुमा जातीय विभेद नै प्रमुख कारण भएको ठहर गरेको छ । सभामुखलाई प्रतिवेदन बुझाउने क्रममा छानबिन गर्दाको संक्षिप्त भिडियो पनि प्रस्तुत गरिएको थियो ।

पौडेलले छानबिनको क्रममा पीडित परिवार, गोताखोर, स्थानीयसँग बुझिएकाे बताएका छन् । 

प्रतिवेदनको निष्कर्ष खण्डमा रुकुम पश्चिम सोतीमा गत १० जेठमा घटित दुःखद घटना हुनुको प्रमुख कारण जातीय भेदभाव तथा छुवाछुत भएको उल्लेख छ । 

प्रतिवेदनमा नवराज विकको प्रेम–सम्बन्ध अन्तर्जातीय भएकाले केटीका अभिभावक र आफन्तहरूले केटा कथित तल्लो जातको भएकाले अस्वीकार गरेको उल्लेख छ । निष्कर्षको पहिलो बुँदामा भनिएको छ, ‘तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछुतको कारणले भएको पाइयो ।'

प्रतिवेदनमा रुकुम चौरजहारी सोती घटना घट्नुपूर्व, घटना घटेको समय र घटनापश्चात् अपनाउनुपर्ने अपराध अनुसन्धानको विधि प्रक्रियामा अपर्याप्तता एवं त्रुटि देखिएकाले घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने सिफारिस पनि गरिएको छ ।