१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ३० मंगलबार १६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको अभिव्यक्तिमा कांग्रेसकाे टिप्पणी– अयोध्यामा ध्यान नमोडौँ, नक्सामा हक कायम गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ३० मंगलबार १६:३५:००

प्रधानमन्त्री केपी ओलीले अयोध्याका विषयमा दिएको अभिव्यक्तिको चर्चा–परिचर्चा हुँदै गर्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई  तत्कालका दुई कर्तव्य सम्झाएको छ ।

ध्यान र काम एकातिर भए पनि प्रधानमन्त्रीले हलुका ढंगले विषयान्तर गर्न खोजेकोतर्फ संकेत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले गर्नुपर्ने दुई कर्तव्य सम्झाएका हुन् ।

कोरोना र कालापानीको विषय यतिखेर पेचिलो रहेकोतर्फ इंगित गर्दै प्रवक्ता शर्माले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी ! १. हृदयमा छँदै छन् राम, चिन्ता राजु सदाहरूको गरौँ ! २. अयोध्यातिर ध्यान नमोडौँ, संसदबाट हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौँ ! सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको !

आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान् रामको जन्म पर्सा जिल्लाको अयोध्यापुरीमा भएको दाबी गरेका थिए । तत्थ्य र आधारविना बोलेको भन्दै उनको अभिव्यक्तिको सर्वत्र आलोचना हुन थालेको छ ।