मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ३० मंगलबार १५:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँपालिकाका नासु ८५ हजार रुपैयाँ घुससहित पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १५:५१:००

कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले मंगलबार बिहान गाउँपालिकामा कार्यरत नासु सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

गाउँपालिकाको कार्यालयबाटै घुस रकमसहित कर्मचारीलाई पक्राउ गरिएको अख्तियारको सम्पर्क कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले जानकारी दिए । जोशी गाउँपालिकाको सूचना अधिकारी पनि हुन् । सीपमूलक तालिम सञ्चालन गरेको रकम भुक्तानी गरिदिएबापत उनले घुस लिएको खुलेको विष्टले बताए ।

‘एउटा संस्थाले उक्त गाउँपालिकाकोे सहयोगमा तालिम सञ्चालन गरेछ । तालिम सञ्चालनबापत सात लाख रुपैयाँ निकासा भइसकेको रहेछ,’ विष्टले भने, ‘रकम निकासा गरेबापत ८५ हजार रुपैयाँ घुस लिएको अवस्थामा हामीले पक्राउ गरेका हौँ ।’