मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ३० मंगलबार १६:०९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्रदेश १ अन्तर्गतका दुई पर्यटन समिति खारेज

Read Time : < 1 मिनेट
२०७७ असार ३० मंगलबार १६:०९:००

प्रदेश १ सरकारले आफूमातहतका दुई पर्यटन प्रवर्द्धन विकास समिति खारेज गरेको छ । 

प्रदेश १ सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले मेची पहाडी र विराट क्षेत्रीय पर्यटन प्रवर्द्धन विकास समिति खारेज गरेको हो । 

संघीय सरकारबाट प्रदेश सरकारको वन वातावरण तथा पर्यटन मन्त्रालयमाहतहत हस्तान्तरण भएर आए पनि नयाँ संरचनामा जानुपर्ने भएकाले दुवै समितिलाई खारेज गरेको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए 

उनका अनुसार संघीय सरकारको संस्कृति तथा नागरिक उड्ड्यन मन्त्रालयले विकास समिति ऐन, २०१३ अनुसार २०६८ सालमा गठन आदेशमार्फत विराट क्षेत्रीय र मेची पहाडी पर्यटन प्रवर्द्धन समिति बनाएको थियो ।

संघीयता कार्यान्वयनपछि दुवै समिति प्रदेश सरकारमातहत हस्तान्तरण भएर आएका थिए । 

विराट क्षेत्रीयले प्रदेश १ माहतहतको झापा, मोरङ र सुनसरी अनि मेची पहाडीले मेची अञ्चलभरि पर्यटन प्रवर्द्धनका लागि योजनाहरू कार्यान्वयन गराउने र  गतिविधिहरू सञ्चालन गराउने गरेका थिए । 

दुवै समितिमा राजनीतिक भागबन्डाका आधारमा पदाधिकारी नियुक्त हुँदै आएका थिए ।

संघीय मन्त्रालयले पछिल्लो समय नियुक्त गरेका दुवै पर्यटन प्रवर्द्धन समितिका पदाधिकारीहरूको कार्यकाल समाप्त भइसकेको छ । 

दुवै समितिको खारेजीपछि अब प्रदेश सरकारले निर्माण गरेको प्रदेश पर्यटन कानुनअनुसार नयाँ संरचना निर्माण गरिने बताइएको छ ।